रौतहट, ८ मार्च – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पुनः नेपालमा राजा फर्काउने हल्ला चलाए पनि त्यसो हुनु असम्भव रहेको स्पष्ट पार्नु भएको छ। अध्यक्ष प्रचण्डले आज बिहान रौतहटको गरुडामा सञ्चारकर्मीसँग कुरा गर्दै यो विषयमा आफ्ना विचार प्रस्तुत गर्नु भयो।

नेपालको जनताले अझै लोकतन्त्रमा विश्वास राखेका छन्, र पुनः राजतन्त्रको कुनै स्थान छैन, प्रचण्डले भने, राजावादीहरूले जे भनेपनी फेरि नेपालमा राजा फर्किन असम्भव छ। उहाँले यस क्रममा पहिलेको शाही शासनकालको समयका गल्तीहरूको पनि स्मरण गराउँदै, विशेषतस् पूर्वराजा ज्ञानेन्द्रको कार्यशैलीलाई आलोचना गरे। पूर्वराजा ज्ञानेन्द्रले आफ्नो शासनकालमा देशको धेरै हानि गरेको र सत्ताको दुरुपयोग गरेको विषयमा प्रचण्डले गम्भीर असहमति जनाउनुभयो। उहाँका अनुसार, पूर्वराजाले राजतन्त्रको पुनःस्थापना गर्न चाहेको भए, उनले जनतासँग सिधा संवाद गर्नु पर्थ्यो, तर अब यसले कुनै फल दिन सक्दैन।

प्रचण्डले चेतावनी दिँदै भने, यदि ज्ञानेन्द्रलाई राजनीति गर्न चाहिएको छ भने, उहाँले कुनै पार्टी खोली चुनाव लड्न सक्नुहुन्छ। उहाँलाई चुनौती दिन चाहन्छु, चुनाव जितेर देखाउनुहोस्। यसरी प्रचण्डले पूर्वराजालाई लोकतान्त्रिक प्रक्रियामा समाहित हुन र जनताको पक्षबाट मान्यता प्राप्त गर्नको लागि आम निर्वाचनमा भाग लिन सल्लाह दिएका छन्।
यस दौरान प्रचण्डले माओवादी पार्टीको तराई मधेश जागरण अभियानका बारेमा पनि चर्चा गरे, जसले तराई र मधेशका जनतालाई सशक्त बनाउन र उनीहरूको अधिकारको रक्षा गर्नका लागि पार्टी प्रतिबद्ध रहेको दावी गर्नु भयो । उहाँले यस अभियानलाई जनताको हितका लागि महत्वपूर्ण कदम बताउँदै यसका उद्देश्यहरू पनि स्पष्ट गर्नुभयो।

राजावादीहरूले पुनः नेपालको राजनीतिक परिप्रेक्ष्यमा राजतन्त्रको पुनःस्थापना गर्ने कोसिस गरेको अवस्थामा प्रचण्डको यो अभिव्यक्ति धेरै महत्वपूर्ण मानिन्छ। माओवादी पार्टी र अन्य लोकतान्त्रिक शक्तिहरूको मतमा, नेपाल अब एक सशक्त लोकतान्त्रिक राष्ट्र बनेको छ र भविष्यमा राजतन्त्रको कुनै स्थान छैन। यस बीचमा, प्रचण्डको यो स्पष्ट वक्तव्य नेपालमा राजनीतिक स्थिरता र जनताको लोकतान्त्रिक अधिकारहरूको संरक्षणको लागि सकारात्मक संकेतको रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय