काठमाडौं । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ ।



वि.सं. २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएका देउवा यसपटक भने उम्मेदवार नहुने उहाँको सचिवालयले जनाएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ देशैभर मनोनयन दर्ता हुँदैछ ।



