पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य रमा आलेमगरको कलेजोको नसा सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। पेटको समस्या बढेपछि गरिएको परीक्षणमा कलेजोसम्बन्धी जटिलता देखिएपछि उनलाई उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो।
उनका भाई संजितका अनुसार शल्यक्रिया सफल भएपछि रमा हाल आईसीयूबाट वार्डमा सारिएको र स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ। चिकित्सकहरूको टोलीले अवरुद्ध कलेजोको नसा सक्रिय बनाउने प्रक्रिया सम्पन्न गरेको र करिब १५ दिन औषधि–उपचारपछि कलेजो प्रत्यारोपणको तयारी अघि बढाउने जानकारी दिएको छ। प्रारम्भिक उपचारपछिको अवस्थालाई स्थिर र सुधारोन्मुख बताइएको छ।






