पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । पूर्वराजा शाहले चीनको हाङ्झाउमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मंगोलियासँगको टी–ट्वान्टी क्रिकेटमा खेलाडीहरुले राखेको विश्व कीर्तिमानले आफूहरुलाई खुशी तुल्याएको भन्दै बधाई दिएका हुन् ।
उनले देशको राष्ट्रिय पहिचानले अनेकौँ चुनौतिहरुको सामना गरिरहेका बेलामा क्रिकेट खेलाडीहरुले विभिन्न प्रतिकुलताका बाबजुद हासिल गरेको सफलताले नेपालको राष्ट्रिय गौरब बढाएको उल्लेख गरेका छन् । उक्त प्रतियोगितामा नेपालले विभिन्न १० वटा विश्व कीर्तिमान कायम गरेको थियो ।




खेलमा सर्वाधिक रन अन्तरको जित, उच्च टी–२० आई योगफलको कीर्तिमानसहित कुशल मल्लले सर्वाधिक छिटो शतक, दीपेन्द्रसिंह ऐरीको सर्वाधिक छिटो अर्धशतक लगायतका कीर्तिमान कायम भएको थियो ।



