काठमाडौं । नागढुंगा सुरुङमार्गको प्रवेश बिन्दु तथा चन्द्रागिरि नगरपालिका–५ क्षेत्रको बढ्दो सवारी चापलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्बन्धित निकायलाई समन्वयात्मक रूपमा आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ ।

पूर्वाधार विकास मन्त्रालयमा मन्त्री सुनिल लम्सालको उपस्थितिमा बसेको बैठकले नागढुंगा सुरुङमार्ग संचालनको तयारीसँगै प्रवेश क्षेत्रमा देखिन सक्ने सवारी व्यवस्थापन, सडक पूर्वाधार सुधार तथा स्थानीय समन्वयका विषयमा छलफल गर्दै चारबुँदे निर्णय गरेको हो ।

बैठकमा नागढुंगा सुरुङमार्ग संचालनपछि प्रवेश बिन्दु नजिक सवारी साधनको चाप बढ्न सक्ने भएकाले त्यसको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । सुरुङमार्ग संचालनसँगै यात्रु तथा सवारीको सुरक्षित, व्यवस्थित र सहज आवागमन सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम शीघ्र अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सहसचिव सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, विकास सहायता कार्यान्वयन महाशाखा उपमहानिर्देशक अर्जुनप्रसाद अर्याल, चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र महर्जन, नागढुंगा सुरुङमार्ग फ्लाइओभर पीडित संर्घष समितिका संयोजक विनोद महर्जन, सदस्य विकास महर्जन, सुमन महर्जन, नविन महर्जन, रोसन महर्जन, उज्ज्वल महर्जन, कविहन महनर्जन, प्रविन महर्जन र कविन महर्जन रहेका छन् ।

यस्तो छ सहमति

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय