काठमाडौं । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलनविन्दु पृथ्वीचोकमा अतिक्रमित संरचना हटाउन थालिएको छ । पृथ्वीचोकबाट नयाँबजारतर्फ जाने हङकङ बजारअगाडि विभिन्न संघसंस्थाका भवन भत्काउने काम सुरु गरिएको हो ।
विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट मजदूर संगठनहरुले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाइएको छ । सोही क्षेत्रमा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका बहु–तले भवनसमेत रहेका थिए ।

बिहीबार बिहान ११ बजेबाट दुई वटा डोजर परिचालन गरी ती संरचना भत्काउन थालिएको हो । मापदण्डविपरीत बनेका ती संरचनामा स्थानीय सरकारकै ठुलो रकम लगानी भएको देखिएको छ । सहारा क्लबले बनाएको शौचालयमा महानगरको १७ लाख रुपैयाँ र पोखरा महानगरपालिका–९ को ७० हजार रुपैयाँ लगानी भएको शिलालेखमा उल्लेख छ ।

ती संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएकोमा सूचनाको म्याद जेठ ९ गते सकिएको थियो । यसैबिच पोखराको फिर्के खोलाको खोला घर खाली गर्ने अभियान पाँचौँ दिन पनि जारी छ । करिब आठ किलोमिटर लामो फिर्के खोलाको बहाव क्षेत्रमै १६० भन्दा बढी संरचना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय