काठमाडौं । मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर मध्ये १८ किलोमिटर दुई तर्फी र ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको हो ।
आयोजनाका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९ दशमलव ८९ र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत प्रगति भएको छ । चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित ६ लेन र अन्यत्र ४ लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।






