काठमाडौं । विद्युत आपूर्ति अकस्मात बन्द भएर सबै क्षेत्र प्रभावित भएपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा गरिएको छ । रहस्यमय रुपमा विद्युत आपूर्ति बन्द भएपछि सडक यातायातदेखि हवाई यातायातसमेत प्रभावित हुन पुगेको अधिकारीहरुले जनाएका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत अवरोध हुनुको कारण अझै पत्ता नलागेको र अनुसन्धान जारी रहेको जानकारी दिनुभएको छ । विद्युत आपूर्ति बन्द हुँदा दुवै देशका सब–वे प्रणालीहरु बन्द भएका छन् । सडकमा ट्राफिक जाम भएको छ । स्पेनको गृह मन्त्रालयले अन्डालुसिया, एक्स्त्रेमादुरा, मुरसिया, ला रियोजा र म्याड्रिडलगायतका क्षेत्रमा आपत्काल घोषणा गरेको छ ।



यस्तै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले राति अबेर मन्त्रिपरिषद बैठक बोलाएर ऊर्जा संकट घोषणा गर्नुभएको छ ।



