प्रतिपक्ष दलको बैठकको पहिलो चरण बैठक सकिएको छ।

हालसम्म यस बैठकले

१) उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले बि स श्रम ऐन २०६४ आए पश्चातको समय देखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको “भिजिट भिसा प्रकरण” सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने।

२) आवस्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्री ज्यू ले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।

३) यस वारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री ज्यू ले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने।

तिन बुदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सम्माननीय सभामुख ज्यू को कार्यकक्षमा हुदै गरेको बैठकमा सहभागी हुन जानु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय