देशमा निर्वाचनको वातावरणबारे विभिन्न दलहरूबीच फरक–फरक धारणा आइरहेका बेला प्रधानमन्त्री कार्कीले तोकिएको मितिमै निर्वाचन हुने स्पष्ट पारेकी छन्। नेकपा एमालेले अझै भयरहित वातावरण नबनेको भन्दै संसद् पुनर्स्थापनाको माग गरिरहेको छ भने नेपाली कांग्रेसले फागुन २१ गते चुनाव हुन नसके मिति सार्ने पक्षमा आफ्नो दल नरहेको बताउँदै आएको छ।

यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले निर्वाचन सारिने वा रोकिने भन्ने चर्चालाई निराधार भन्दै खारेज गरेकी छन्। उनले सरकारले निर्धारित समयमै निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको बताइन्। प्रधानमन्त्रीले भनिन्, “चुनाव स्थगित हुने वा रोकिने भन्ने हल्ला फैलाइएको छ, तर त्यसको कुनै आधार छैन। सरकार तोकिएको मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन दृढ संकल्पित छ।”

यसअघि सरकारको नेतृत्व गरिसकेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी अध्यक्षमा पुनः निर्वाचित भएपछि सरकारले निर्वाचन नगराउने प्रयास गरिरहेको आरोप लगाएका थिए। उनले आफूविरुद्ध छानबिन भए देश ठप्प पार्ने चेतावनीसमेत दिएका थिए। यही पृष्ठभूमिमा प्रधानमन्त्री कार्कीले नागरिकको मनमा उठिरहेको

के देश साँच्चै चुनावतर्फ अघि बढेको हो ? र के सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिन सक्छरु” भन्ने प्रश्नको जवाफ दिन खोजेकी हुन्।

निर्वाचन तयारी पूरा भएको दाबी

प्रधानमन्त्री कार्कीका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छ। सुरक्षाका विषयमा कुनै कमजोरी नहुने बताउँदै उनले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालनसमेत सुनिश्चित गरिएको जानकारी दिइन्। आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ थान हतियारमध्ये अधिकांश फिर्ता भइसकेको उनले बताइन्, यद्यपि ठोस सङ्ख्या खुलाइनन्। त्यस्तै, क्षति पुगेका ४६५ वटा प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याइसकिएको सरकारको भनाइ छ। निर्वाचन आयोगलाई आवश्यक बजेट उपलब्ध गराइसकिएको उल्लेख गर्दै प्रधानमन्त्रीले कुल ६ अर्ब ७३ करोड रुपैयाँ सुनिश्चित गरिएको जानकारी पनि दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय