काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार करिब दुई घण्टासम्म भेटवार्ता भएको छ। स्रोतका अनुसार, ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनबारे विस्तृत छलफल भएको थियो। वार्तामा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा दुवै पक्षले विचार-विमर्श गरेका थिए। अध्यक्ष ओलीले निर्वाचन एकै चरणमा सम्पन्न गरिनुपर्ने सुझाव पनि दिएका थिए।
दुवै पक्षबीच आगामी निर्वाचन प्रक्रियालाई व्यवस्थित गर्न र सहमति जुटाउन थप छलफल आवश्यक रहेको बताइएको छ। वार्ता सकिएपछि अध्यक्ष ओली बालुवाटारबाट फर्किएका थिए। स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीचको यो भेटवार्ता राजनीतिक संवादलाई प्रवर्द्धन गर्ने र आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र पारदर्शी बनाउने प्रयासको हिस्सा रहेको बुझिएको छ।






