नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिइएको भारतले पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकिएको जानकारी दिएका हुन्।

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले भ्रमणको मिति र विस्तृत कार्यतालिका भने दुवै देशका सम्बन्धित निकायबीचको परामर्शपछि तय हुने बताए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाह पदभार ग्रहण गरेलगत्तै बधाई दिँदै भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका थिए। अब प्रस्तावित भारत भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय