काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयको निर्णय सार्वजनिक गरेको छ ।सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै घिसिङलाई हटाइएको विषयमा जानकारी गराउनु भएको हो ।

मन्त्री गुरुङले सोमबार बेलुकी मन्त्रिपरिषद बैठकपछि जानकारी दिने क्रममा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयको निर्णय लुकाउनु भएको थियो । संचारकर्मीले कुलमानलाई हटाइएको हो भन्ने प्रश्नमा मन्त्री गुरुङले आफुलाई थाहा नभएको कुलमानलाई नै गएर सोध भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले नियुक्त गरेको पनि बताउनु भयो ।
हितेन्द्रदेव शाक्यले आज नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय