महोत्तरी, २ पौष- महोत्तरीमा आफ्नै प्रेमिकाको हत्या आरोपमा प्रेमी पक्राउ परेका छन्। तीन महिना अगाडि बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वर जंगलमा फेला परेको २४ वर्षीया अनु रायको शव प्रकरणमा सर्लाहीका २५ वर्षीय मंदीप कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार पत्रकार सम्मेलनमार्फत आरोपी यादवलाई सार्वजनिक गरेको हो। अनुसन्धानका क्रममा उनी वीरगञ्ज महानगरपालिका क्षेत्रबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, मृतक अनु राय र आरोपी मंदीप कुमार यादव बाल्यकालदेखिका साथी थिए, जुन मित्रता पछि प्रेम सम्बन्धमा परिणत भएको थियो। विवाहको विषयलाई लिएर उनीहरूबीच पटक–पटक विवाद हुँदै आएको थियो। घटना भएको दिन उनीहरू टुटेश्वर नाथ महादेव मन्दिरमा विवाह गर्ने प्रतिज्ञा गरेका थिए। तर फर्किने क्रममा बेहुली माग्ने विषयमा विवाद भएपछि उक्त घटना भएको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरीले आरोपीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत महोत्तरीमा म्याद थप गर्न पेश गर्ने जनाएको छ। शव फेला परेको बेला मृतकको परिचय खुल्न नसकेको भए पनि सूक्ष्म अनुसन्धानबाट प्रहरीले मृतकको पहिचानसहित हत्यामा संलग्न आरोपितलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीले घटनाको गहिरो अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय