काठमाडौं । चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिको आयोजनामा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चन्द्रागिरि भालेश्वर मन्दिरमा होली पर्वको उपलक्ष्यमा विशेष पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
होली पर्वका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रदेश मन्त्री विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वैदिक मन्त्रउच्चारणसहित विशेष पूजा तथा धार्मिक अनुष्ठान गरिएको थियो । सहभागीहरूले मन्दिर परिसरमा सामूहिक पूजा गर्दै होली पर्वको धार्मिक महत्वलाई आत्मसात् गरेका थिए ।



साथै, कार्यक्रममा वनदेवी खैजडी भजन समूहले भक्तिमय भजन तथा सांस्कृतिक प्रस्तुति दिई वातावरणलाई थप आध्यात्मिक र उल्लासमय बनाएको थियो । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सद्भाव, एकता र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकले विश्वास व्यक्त गरेको छ ।
फागू पूर्णिमाका दिन भालेश्वर मन्दिरमा हरेक वर्ष समितिको अगुवाईमा विशेष पूजाअर्चना हुँदै आएको छ ।



