काठमाडौं । चन्द्रागिरि नगरपालिका थानकोटस्थित सहीद पार्क (त्रिभुवन पार्क) को आकर्षण बढाउन चन्द्रागिरि नगरपालिका लागि परेको छ । ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनःनिर्माण, जीर्णोद्धार, मर्मत संहार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत गतिमा अघि बढाएको हो ।

चन्द्रागिरि नगरपालिकाको समपूरक बजेटबाट पार्कको काम धमाधम भई रहेको छ । नगरपालिकाको १ करोड ५० लाख र बागमती प्रदेश सरकारको १ करोड ५० लाख गरी तीन करोड र थप चन्द्रागिरि नगरपालिकाको ६० लाख गरेर ३ करोड ६० लाख रुपैयाँमा जीर्ण अवस्थामा रहेको पार्कको संरचना बनाइएको हो ।

पार्क भित्र रहेका वनभोजस्थल, बालउद्यान, बगैँचा, ऐतिहासिक सत्तल र पाटी, ढुङ्गेधारा, खुल्ला ब्यायाम क्षेत्र, पोखरीलगायत जीर्णोद्धार, पुनःनिर्माण तथा गाई, हात्ती, गैँडालगायत विभिन्न पंंक्षीका आकर्षक नयाँ मूर्ति तथा चरा घर राखिएको छ । पार्क भित्र स–साना बालबालिकालाई रमाउन र खेल्न विभिन्न सामग्री राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय