एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई बयान आवश्यक परे आयोगलाई आफ्नै निवासमा पठाउन आग्रह गर्नुभएको छ। हिजो राष्ट्रपति निवास शीतल निवासमा भएको भेटका क्रममा ओलीले यस्तो अभिव्यक्ति दिनुभएको शीतल निवास स्रोतले जनाएको छ। स्रोतका अनुसार ओलीले प्रधानमन्त्री कार्कीलाई “यदि बयान चाहिएको हो भने आयोगलाई मेरो घरमा पठाउनुस्, म आयोगको कुनै काम छैन भनेर फर्काइदिन्छु” भन्ने भनाइ राख्नुभएको थियो।
ओलीको यस अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। भेटघाटमा समसामयिक राजनीतिक घटनाक्रम र आयोगसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ।






