काठमाडौं । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । तर, किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।
बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट ४०÷५० मै ल्याउने गरेको कृषकहरु बताउँछन् । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उनीहरुको भनाइ छ ।
किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको कृषकको बुझाई छ । हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आए पनि आफैुंले नै बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको किसाननहरुको गुनासो छ ।



कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१ दशमलव ६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्यांक आउन बाँकी छ ।



