स्वर्गीय गायक अरुण थापाको २७ औं स्मृति दिवसको अवसरमा बागलुङमा अरुण स्मृति सांगीतिक साँझ गरिएको छ । नेपाल मगर विद्यार्थी संघ बागलुङले उक्त अवसरमा एवं मौलिक साँस्कृतिक कार्यक्रम पनि गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवं मगर विद्यार्थी संघका कपूर्व केन्द्रीय अध्यक्ष रेणुका काउचा मगरले स्वर्गीय गायक थापा नेपाली सुगम संगीतका अमर हस्ती भएको बताउनुभयो । थापाका गीत र स्वरमा गहिरो संवेदना, प्रेम पीडा र जीवनका अनुभूतिहरु झल्किने उहाँको भनाइ छ ।

थापा भौतिक रुपमा नभएपनि उहाँका गीतहरु अमर रहेको काउचाले बताउनुभयो । मगर विद्यार्थीहरुले हरेक वर्ष अरुण थापाको स्मृतीमा विविध कार्यक्रम गर्दै आउनु आपसी सदभाव र मगर एकताको संदेश भएको भन्दै उहाँले आगामी दिनमा समेतलाई यसलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष दिलिप राना मगर लगायतले बोलेका थिए । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ बागलुङले आयोजना गरेको देउसीभैलो कार्यक्रम २०८२ मा सहभागी कलाकारलाई सम्मान गरिएको थियो । उक्त अवसरमा बागलुङ र म्याग्दी जिल्लामा प्रचलित मौलक नत्य प्रदर्शन गरिएको थियो भने विभिन्न कलाकारहरुले स्वर्गीय थापाका गीतहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय