बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गएराति एक जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिकाका–१ का ६० वर्षीय विर्खलाल कार्की रहेका छन । कर्णाली करिडोर र मार्तडी कोल्टी सडक अवरुद्ध भएको र कोल्टी बिमानस्थलमा मौसम खरामीका कारण जहाज नआएका कारण उच्च रक्तचापका विरामी कार्कीको उपचार नपाएर मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण जटिल समस्य देखिएपछि ८ गते उनलाई उपचारका लागि अन्यत्र लैजान चिकित्सकले सिफारिस गरेका थिए । बाजुरामा तीन महिना यता मात्रै चार जनाको समयमा उपचार नपाउदा मृत्यु भएको छ । यसअघि बुढीनन्दा नगरपालिका ३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरीलाई जहाज नआएपछि पैदलमार्गबाट धनगढी लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

अघिल्लो बर्ष पनि बुढीनन्दा १० का निवर्तमान वडाध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो । कोल्टीमा नियमित उडान नहुँदा लामो समयदेखि स्थानीय मारमा पर्ने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय