काठमाडौं । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा आमा–छोराको ज्यान गएको हो । घटनामा मृतक रामेश्वरका ५० वर्षीय पिता जगरूप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ । घटनाको कारण र अन्य संलग्न व्यक्ति भए नभएको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय