बारामा सामुदायिक वन निष्कृय हुँदा वन अतिक्रमण तिब्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपनि नियन्त्रणको प्रयास हुन नसक्दा सो अतिक्रमण बढ्दै गएको हो । निजगढ एक सिगौलमा रहेको जनशक्ती सामुदायिक वन सबैभन्दा बढी अतिक्रमणमा परेको छ । वडाध्यक्षले आफु निकट व्यक्तीलाई अध्यक्ष बनाउन चाहेकाले नयाँ कार्यसमिति बन्न नसकेको वन उपभोक्ता समितिको भनाइ छ ।
जिल्लाको भरतगंज सिगौल, चकरी, नयाँबस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैया लगायत विभिन्न स्थानमा गरी करीब दश हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।



स्थानिएले वनजङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गरेको भएपनि नियन्त्रणका प्रभावकारी कार्य हुन सकेको छैन । वस्ति विस्तारको नाममा, सुकुम्बासी, भुमिहिन, खेतिपाती बिस्तारको नाममा, सरकारी विकास आयोजनाको नाममा वन अतिक्रमण भईरहेको छ ।



