काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष कात्तिक २ र ३ तथा बैशाख ६ र ७ गते नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर यसवर्ष कात्तिक २ र ३ गते तिहार परेकोले २० र २१ लाई कार्यक्रम सारिएको हो ।

आज र भोलि देशका ७ सय ५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिव २८ लाख बालबालिकालाई भिटामिन ए र करिव ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको लक्ष्य छ ।

अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय