काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङ बिच आज पार्टी एकताको लागि हस्ताक्षर हुने तयारी भइरहेको छ।

स्रोतका अनुसार, तीनै पक्षले आज साँझसम्म एकता घोषणाका लागि हस्ताक्षर गर्ने सम्भावना छ। हस्ताक्षर अघि तीनै पक्षले आफ्नो गृहकार्य गरेर सामूहिक छलफल गर्ने तयारी गरेको बताइएको छ। सबै पक्ष एकै ठाउँमा आएपछि छलफल सम्पन्न गरी सहमतिमा हस्ताक्षर हुने अनुमान गरिएको छ। यदि केही फरक नपरे, भोलि एकता घोषणा सभा पनि आयोजना हुने छ।

यो एकता आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन लाई ध्यानमा राखेर गरिएको छ। वैकल्पिक शक्ति र नयाँ राजनीतिक पात्रहरू (जेनजी) पुराना दलहरूसँग प्रतिस्पर्धा गर्न एकजुट भएको जनाइएको छ। यस राजनीतिक एकता पछि आगामी निर्वाचनमा नयाँ समीकरणको सम्भावना देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय