काभ्रेपलाञ्चोक – बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका, वाड नं ६, चौकी डाँडामा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिएको छ। बस रामेछाप सुनपातीबाट काठमाडौँ आउँदै गरेको थियो ।
बसमा करिब ३० जना यात्रु थिए। दुर्घटनामा ८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तानको गाडीमार्फत मेथिनकोट अस्पताल, नमोबुद्ध नपा ४ तर्फ पठाइएको छ।

बस पल्टिँदा बिपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय