राजा क्लव इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । धरान रंगशालमा जारी प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा इटहरीलाई १ विरुद्ध ४ गोलले पाखा लगाउदै भुटानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । भुटानले फाइनल यात्राका लागी माघ २३ गते लिग च्याम्पियन चर्च बोइज युनाइटेड काठमाडौको सामना गर्ने छ । गोल्डकपमा पहिलो पटक सहभागी भुटानको जितको लागीसोनाम योसी,सोनाम जुगल चावाजाङ,कर्मा टि जाम्सो, नोयडा योलेसले गोल गरेका थिए ।भुटानका सोनामले ९ औ ,चावाजाङले ५३ औ ,कर्माले ६१ औ र नेयडाले ७० औ मिनेटमा गोल गरेका थिए ।



इटहरीका लागी भने विदेशी खेलाडी एलेक्सले७७ औ मिनेटमा एक मात्र सान्तोना गोल गरेका थिए । खेलको म्यान अफदि म्याच भुटानका सोनाम योसी हुदै नगद १० हजार पाए । भोलीको अन्तिम क्वाटर फाइनलमा साविक विजेता न्युरो रोड टिम एन आर टी र केएफटिस काकारभिट्टा बिच हुने छ । फागुन २६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।



