हेटौँडा- डिभिजन कार्यलयले झण्डै ८ वटा डोजर र स्काभेटरको प्रयोग गरी बुद्धचोकदेखि सुमार्गी कप्लेक्स क्षेत्रमा रहेका घरहरू भत्काउने कार्य धमाधम अघि बढाएको छ। यससँगै बुद्धचोकदेखि चौकीटोल क्षेत्रमा पनि अतिक्रमित घर–टहरा हटाउने काम जारी रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडा ले मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गर्दै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा केन्द्र रेखादेखि २५-२५ गजभित्र बनेका स्थायी तथा अस्थायी संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो।
यस कदम अन्तर्गत स्थानीयले निर्माण गरेका अतिक्रमित संरचना, घर, टहरा तथा अन्य निर्माण सामग्रीहरू हटाउन आदेश दिइएको छ। डिभिजन कार्यालयका कर्मचारी र प्राविधिकहरूले धातु, ढुंगा र काठजस्ता संरचनाहरू भत्काउन डोजर र स्काभेटर प्रयोग गरिरहेका छन्। स्थानीय बासिन्दाहरूले कतिपयले विरोध गरेको भए पनि, कार्यालयले नियम अनुसार सडकको चौडाइ सुरक्षित गर्न र सार्वजनिक उपयोगका लागि संरचना हटाउने कार्यलाई प्राथमिकता दिएको जनाएको छ।



सडक डिभिजन कार्यालयका प्राविधिकहरूले भत्काइरहेका क्षेत्रमा सडक चौडाइ र यातायात सुरक्षामा सुधार हुने आश्वासन दिएका छन्। आगामी दिनहरूमा पनि उपमहानगरपालिका क्षेत्रभित्र रहेका अन्य अतिक्रमित संरचनाहरू हटाउने कार्य निरन्तर जारी रहने जनाइएको छ।



