काठमाडौं । गुँलापर्व आजबाट शुरु भएको छ । बौद्ध धर्मावलम्बी नेवार समुदायले यो पर्व एक महिनासम्म मनाउने गर्दछन् ।

नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ । गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा सुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) सम्म मनाउने गरिन्छ । यो पर्वमा एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ । विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका नेवारसमेत सहभागी हुन थालेका छन् ।

यो पर्व अवधिभर माछामासु, जाँडरक्सीजस्ता तामसी बस्तु आदि खान नहुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय