काठमाडौं । भक्तपुरका बौद्ध धर्मालम्बीहरुले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदै छन् । बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते यो पर्व मनाउँदै आएका जनाइएको छ ।

सम्यक महादान व्यवस्थापन सहयोग समितिद्वारा संयोजित पर्वमा करिब दुई हजार भिक्षुलाई महादन गर्ने लक्ष्य रहेको छ । पाँच दीपकंर बुद्धका मूर्तिहरुलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत विभिन्न परिकारहरु दान दिने र पाँच दीपंकर परिक्रमा गराई पूजासमेत दिने परम्परा रहको छ ।

सम्यक महादान पर्वमा गेडागुडीका परिकारहरुमध्ये गोमाय, बालामाय, ह्याउमाय्, गोमू, कसु, तुइमुस्या, मस्याचा, जरिग्व, कोल, भूतिका परिकार बनाएर चढाउने गरिन्छ । सागसब्जीका परिकारहरुमध्ये इँकचा, मिच, म्हुक, चिम्हुकं, वाकंचा, सकिमुग, स्वांचा, कलांचा, आमली, कछें, कच, सिमल, पाछैचा, मिचका परिवार तथा मठाईहरुमा लड्डु, पुरी, घ्योचाक, पञ्चपकुवान, चतामरी, माय् वका परिकारहरु बनाएर चढाउने गरिन्छ । विहारमा चढाउने सम्पूर्ण सामग्रीहरुको तयारी गरिसकेको छ ।

सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुलदेवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा छ । त्यसपछि लहरै मूल दीपंकर, बाहाछे दीपंकर, भौरबही दीपंकर, ययुबही र कुथुबहि दीपंकरलाई भोजन चढाउने गरिन्छ । यसैगरी क्रमबद्ध रुपमा विराजमान गराइएका चार वटा सम्यक द्यो (सुवर्ण दीपङ्करको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु र लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय