देशभरका उद्योगी, व्यवसायी भन्सार विभागको लेवलिङ सम्बन्धी नयाँ नियमको विरोधमा उत्र्रेका छन । लेभलिङ सम्बन्धी सूचना अस्पष्ट र अव्यवहारिक भएको भन्दै वीरगञ्ज सहित देशभरका व्यवसायी विरोधमा उत्र्रेका हुन ।

वीरगञ्ज उद्योग वाणिज्य संघसहित सीमा क्षेत्रसँग जोडिएका सहरहरूमा अवस्थित उद्योगी तथा व्यवसायीहरूको चार वटा छाता सङ्गठन मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घंघ नेपालगञ्ज उद्योग वाणिज्य संघले एउटा संयुक्त प्रेस विज्ञप्ति निकालेर भन्सार विभागद्वारा गत असार २२ गते जारी भएको लेबल लगाउने सम्बन्धी सूचना का कारण व्यवसायीमा त्रासको अवस्था आएको भन्दै कार्यान्वयन नगर्न माग गरेको हो ।

लेबलिङ सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म त्यसलाई स्थगित गर्नुपर्ने व्यवसायीको माग छ । भन्सार प्रशासनले पछिल्लो केही महिनादेखि राजश्व सङ्कलनको नाममा आयातकर्ताहरूलाई दुःख दिइरहेको गुनासो समेत व्यवसायीको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय