काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।
जेनजी समूहको प्रदर्शनका क्रममा भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका ९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।



भरतपुर–२१ का १९ वर्षीय गुरुङको ग्यास पड्किएर टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षति पुगेको छ ।



