काठमाडौं । भरतपुर महानगरपालिका–२९ गाईघाटमा आज बिहानै सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा १९ जना घाइते भएका छन् । यो संख्या अझै बढ्न सक्ने बताइन्छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने गाईघाटमा एकै पटक सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका हुन् । बिहान सवा सात बजेको समयमा सवारीसाधन एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

सुरुमा बा.४ ख ७४२० नम्बरको यात्रु वहाक बस र ना.८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो र त्यस पछाडी रहेका सवारी साधन एक पछि अर्को गर्दै ठोक्किँएको प्रहरीले जानकारी दिएको छ । घटनाको विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय