भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार विमान दुर्घटनामा परी निधन भएको छ । बारामती विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट चिप्लिँदा दुर्घटना भएको बताइएको छ । पवारसँगै विमानमा सवार अन्य चार वा पाँच यात्रु समेत दुर्घटनामा मारिएका छन् । जसमा उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू समावेश रहेको जानकारी आएको छ।

अजित पवार महाराष्ट्रको उपमुख्यमन्त्री मात्र नभई राज्यका एक प्रभावशाली राजनेता थिए, जसले लामो समयसम्म राजनीतिक भूमिका निभाएका थिए । उनी बारामती जान लागेको अवस्थामा कार्यक्रमका लागि यात्रामा थिए। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

घटनाप्रति भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी लगायत विभिन्न नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् भने दुर्घटनाबारे छानबिन गर्न निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय