काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित विवेक विहारमा आइतबार बिहान एक चारतले आवासीय भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । आगलागीमा केही घाइते भएको बताइएको छ ।



स्थानीय नगर काउन्सिलरले घटनामा नौ जनाको शव फेला परेको पुष्टि गरेको छ । उद्धार तथा आगो निभाउने क्रममा भवनबाट १०÷१५ जनालाई उद्धार गरिएको थियो । शाहदरा जिल्लाका प्रहरीका अनुसार बिहान ४ बजेतिर आगलागीबारे जानकारी आएको र दमकल तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा ल्याएको जानकारी दिएको छ ।



