धनुषा । छठका लागि जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट भित्रिएको छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिले छठ पर्वमा केराको घरी नै चढाइने हुँदा माग उच्च भएकोले स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताएको छ ।

समितिले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यो वर्ष करिब पाँच करोड बराबरका ८५ वटा ट्रकमा केरा भित्र्याएको जानएको छ । जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष छठमा २० प्रतिशतले केराको मूल्य बढेको छ । साथै गत वर्षको तुलनामा यो वर्ष २५–३० ट्रक बढी केरा आयात गरिएको छ ।

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले १० चक्के ट्रकमा १ हजार २ सय घरी केरा आउने र प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख मूल्य पर्ने हुँदा बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्म मूल्य पर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय