नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।

निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति चालकहरुले असन्तुष्टि जनाएका हुन । यस्तो कार्य यातायात व्यवस्था ऐन विपरित रहेको उनीहरुको दाबी छ ।प्रदर्शनकारी यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अंग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने माग रोखका छन ।

त्यस्तै नेपाली अंक पहिचानसहितको नेपाली संवत जिपीएस नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागू गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानून खारेजी लगायतका माग पनि चालकहरुका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय