काठमाडौं । चन्द्रागिरि हाइकर्स कम्युनिटी (सिएचसी) ले प्रणय दिवसको अवसर पारेर ‘हाइक विथ भ्यालेन्टाइन एण्ड एक्सप्रेस योर लव’ हाइकिङ आयोजना गर्ने भएको छ ।

फेब्रुअरी १४ तारिखमा हुने हाइकिङमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १ को टनेल हाइट रेस्ट्रोबाट सुरु भई कालु पाँडे समाधिस्थलमा पुग्ने छ ।

करिव ६ किलोमिटरको पैदल यात्रा बिहान ८ बजे सुरु हुने छ भने हाइकिङमा सहभागिताको लागि प्रत्येक जोडीले तीन हजार तिर्नुपर्ने छ । सहभागिहरुलाई विहानको ब्रेकफास्ट र खानाको ब्यबस्था गरिएको आयोजक चन्द्रागिरि हाइकर्स कम्युनिटी (सिएचसी) ले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी हुन सिएचसीले प्रेमिला जोडीलाई आग्रह पनि गरेको छ । जोडीबीचको प्रेम सद्भाव आत्मीयता र गार्हो अफ्ठेरोमा साथ दिने भावनाको उजागरका लागि हाइकिङ गर्न लागिएको आयोजकको भनाइ छ । कार्यक्रममा करिव एक सय प्रेमिला जोडीको सहभागिता रहने सिएचसीले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय