काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ मनोहरास्थित सुकुम्बासी बस्तीमा नयाँ बनेका अवैध संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । आज बिहान महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले काठमाडौं र भक्तपुर सीमाना नजिक मनोहरा खोलाको किनारमा रहेका संरचना डोजर लगाएर हटाएको हो ।

खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती बस्न नपाइने भएकाले संरचना भत्काइएको महानगरले जनाएको छ । संरचना हटाउने क्रममा नेपाल प्रहरीको पनि बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय