काठमाडौं । मंगलबार साँझ ६ बजेका लागि तय भएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित गरिएको छ । बैठकको स्थगनको कारण सार्वजनिक भने गरिएको छैन । बालुवाटार स्रोतले बैठक स्थगित गरेर सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भइरहेको जनाएको छ ।
यो छलफलको मुख्य विषय मन्त्रिपरिषद् हेरफेर र सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाउने तयारी रहेको स्रोतको दावी छ । कांग्रेस र एमालेका नेताहरूबीच उपनिर्वाचन, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ ।






