काठमाडौं । संघीय मन्त्रिपरिषद् सदस्यहरुको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को उपधारा ९ अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो ।

पछिल्लो मर्यादाक्रम अनुसार यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुग्नुभएको छ । प्रधानमन्त्री शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् हुनुहुन्छ भने तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल आउनुभएको छ ।

चौथौ वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय