काठमाडौं । नुवाकोटको जालपादेवी मन्दिरमा पुजा गरी एक महिला त्रिशूली नदीमा हाम्फालेकी छन् ।

विदुर नगरपालिका वडा नं. ५ देबीघाटस्थित जालपादेवी मन्दिरमा सोमबार बेलुका पूजाआजा गरी विदुर नगरपालिका वडा नं. ८ खुर्सानेखोलीकी ५१ वर्षीया उमादेवी भट्ट जालपादेवी मन्दिरमा पूजाआजा गरी त्रिशूली नदीमा हाम्फालेकी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जालपादेवी मन्दिरमा बेलुकी पूजा गरेपछि उनी बिस्तारै त्रिशूली नदीतिर अगाडि बढ्दै नदीमा हाम्फालेको जालपादेवि मन्दिरको सिसिटिभी फुटेजमा देखिएको स्थानीयवासी तथा जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । परिवार, स्थानीय, आफन्त तथा सुरक्षाकर्मी उनको खोजीमा खोजीमा लागि परेका छन् ।

नदी किनारामा भेटिएको पछ्यौरा र चप्पलले नदीमा हराइरहेकी उमादेवीका पति रामप्रसाद भट्टले पहिचान गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय