काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा महागौरीको पूजा गरिन्छ ।
जपिने मन्त्र



श्वेत वृषे समारूढा श्वेताम्बरधरा शुचिस् ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।
यसको अर्थ देवी महागौरीको रंग निकै गोरो छ । यीनको वस्त्र र गहना आदि पनि सेता छन् । महागौरीको बाहन साँढे हो । दायाँ भागको माथिको हातमा अभय मुद्रा र तल्लो हातमा त्रिशूल रहेको छ भने बायाँ भागको माथिल्लो हातमा डमुरू र तल्लो हातमा वर मुद्रा हो । यीनको स्वभाव शान्त रहेको छ ।



