काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले बालविवाह, छाउपडी, बोक्सी प्रथा, दाइजो तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई सामाजिक चेतना आवश्यक रहेको बताएका छन्।

यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकारको संरक्षण र लैङ्गिक समानताका लागि राज्य, समुदाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएकी छन्। यस वर्ष दिवस “महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान” नाराका साथ मनाइँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय