प्रहरीले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीलाई कुटपिट गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन् ।अदालतकी महिला कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता लामिछानेले हातपात सहित अभद्र व्यवहार गरेका हुन् ।




अदालतको कार्यकक्षमै बसेर काम गरिरहेकी तामाङमाथि अधिवक्ता लामिछानेले हातपात गरेका हुन । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि ती महिला कर्मचारीले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि एक्कासि हातपात भएको हो ।न्याय दिने ठाउँ अदालत भित्रै कर्मचारी कुटिन थालेपछि कर्मचारीहरुले नै शान्ति सुरक्षालाई चिन्ता व्यक्त गरेका छन् भने सर्वसाधारणले पनि अब सुरक्षित स्थान नभएको गुनासो गर्न थालेका छन् ।



