महोतरी जिल्लाको सुदुर उत्तरवर्ति खयरमारा गाउँमा एक वर्ष अघि न कालोपत्रे सडक थियो न त खानेपानीको सुविधा नै । यहाँका बासिन्दा आधारभुत सेवा सुविधाबाट वञ्चित थिए । अहिले खानेपानीका साथै सडक कालोपत्रे भएपछि खयरमाराको रुप फेरिएको छ ।
सडक भएकाले गर्मीमा धुलाम्य र वर्षायाममा हिलोमा सवारी । साविकको खयरमारा गाउ विकास समिति तथा अहिलेको बर्दिवास नगरपालिकाको खयरमारा गाउँको कुनै वेला यस्तो पहिचान थियो ।

गर्मीमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुने खयरमार अहिले रुप फेरिउको अवस्थामा छ । खयरमारामा अहिले पक्की सडक बनेको छ । घरघरमा विद्युत पुगेको छ । पक्की र कच्ची घरहरुको बस्तीको बीचमा सात मीटर चौडाईको कालोपत्रे सडक हेर्दा कुनै पार्कको बीचको सडक जस्तो देखिन्छ । जताततै स्थानीय तहमा बेथितिका खबर आईरहेका बेला, खयरमाराका जनताले भने जनप्रतिनिधि आएपछि विकासको अनुभुती भएको बताएका छन् ।

वर्षातको मौसममा सर्वसाधारणलाई खेतवबारी वा गाउँमा पनि हिडन कठिनाई भइरहेकोमा वर्दिवास नगरपालिका सहयोगमा मनासलु इनर्जि प्रालिले ७९ लाख ७१ ह्जार ७ सय ४९ रुपैयामा लागतमा खयरमाराको विधुत चोकदेखि भरत टोलसम्म जानेबाटोमा कालोपत्र गर्ने कार्य गरेपछि उनीहरुमा उत्साह छाएको छ ।

अहिले गाउमा सडक कालोपत्र गरिने भएपछि कच्ची सडकमा आवतजावत गर्ने सर्वसाधारण खुसी भएका छन् । सडक कालेपत्रे भएर स्थानीयवासीलाई व्यापार गर्न, स्थानीय उत्पादनलाई बजारसम्म लैजान उत्पादित तरकारी, फलफूललगायत कृषिजन्य सामग्री बाहिर लैजान सहज भएको छ ।

बर्दिवास नगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत सडक निर्माण कार्य तीव्र पारिएको छ । निर्माण कम्पनीले नगरपालिकाले तोकेको मापदण्ड अनुसरा सडक निर्माण सम्पन्न गरिएको बताएको छ ।

खयरमारा यस अघि गाउपालिका थियो । पुर्नःसंरचनापछि यो वर्दिवास नगरपालिकाको १० र ११ नं. वडा बन्यो । दुवै वडा गरि १४ हजार बढी नागरिकको बसोवास छ । गाउँमा सामुदायिक र संस्थागत गरि दर्जन बढी विद्यालय छन् । मधेश प्रदेशमै उत्कृष्ट मानिएको निर्मल लामा वहु प्राविधिक शिक्षालय पनि यहिँ नगरमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय