काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनकारीहरूले सडकमै गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन् । किसान तथा विभिन्न अधिकारकर्मीको सहभागिता रहेको प्रदर्शनमा कृषि उपजको उचित मूल्य निर्धारण, किसानलाई उत्पादनको सुनिश्चित बजार, बिचौलियाको नियन्त्रण तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधान गर्न सरकारसँग माग गरिएको थियो ।

प्रदर्शनकारीहरूले उत्पादनको लागतसमेत नउठ्ने गरी किसानले गोलभेँडा बेच्न बाध्य भएको र सरकारले किसानको समस्या समाधानमा प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । उनीहरूले किसानको श्रमको सम्मान गर्दै कृषि नीतिमा सुधार, बजार व्यवस्थापन र उचित मूल्य सुनिश्चित गर्न माग गरे ।

प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा केही समय यातायात आवागमन प्रभावित भएको थियो । शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो । प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय