काठमाडौं । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।

हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सविवा खातुन, ८ वर्षका डिल्लु मन्सुर र ९ै वर्षकी नर्गिस खातुनको मृत्यु भएको हो ।

ढिस्कोले पुरिएका चारै जनालाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय