काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि शाहले सोमबार आयोग पुगेर बयान दिएका हुन् ।आयोगस्रोतका अनुसार करिब २ घन्टा आयोगले शाहलाई सोधपुछ गरेको थियो । २३ गतेको घटना देखि २४ गतेको घटना हुदाँ कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।
आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।






