राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ टेबल भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका हुन ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले मिटर ब्याज पीडितहरुलाई न्याय दिनका लागि बिधेयक अघि बढाइएको जानकारी दिए ।

मन्त्री गुरुङले पीडकहरुलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानूनी दायरामा ल्याउने काम गर्न विधेयकले गर्ने दाबी गरे । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित उक्त विधेयक ल्याइएको हो । राष्ट्रिय सभा अर्को बैठकमा सो विधेयक पारित गर्ने तयारी छ । सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय