बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका २१ सांसदले हस्ताक्षरसहित संसदीय दलको कार्यालयमा यो प्रस्ताव दर्ता गरेका हुन्। यो कदमले बागमती प्रदेशको राजनीतिमा ठूलो हलचल ल्याएको छ।

बागमती प्रदेश संसदीय दलमा संसदीय दलका नेता एवं मुख्ममन्त्री बहादुरसिंह लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेपाली कांग्रेस बागमती प्रदेशका सभपति एवं सांसद इन्द्रबहादुर बानियाँ । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। यद्यपि, ३ सांसद हस्ताक्षरका लागि उपस्थित नभएको बताइएको छ। प्रस्ताव संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई बुझाइएको छ। अविश्वास प्रस्ताव दर्ता हुनुअघि कांग्रेसबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीहरू(आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री लामालाई ह्वाट्सएपमार्फत राजीनामा पठाउनु भएको हो । यो कदमलाई लामालाई दबाब दिने रणनीतिको हिस्सा मानिएको छ।

नेपाली कांग्रेसको संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ। लामालाई हटाउन अविश्वास प्रस्ताव ल्याइएको हो, जसले नयाँ नेतृत्व चयनको बाटो खोल्नेछ। अविश्वास प्रस्तावको नेतृत्व बागमती प्रदेश कांग्रेस सभापति बानियाँले गर्नुभएको छ । बानियाँलाई २४ सांसदको समर्थन रहेको दाबी गरिएको छ।

विवादको जड
आर्थिक वर्ष २०८२-८३ को बजेटलाई लिएर नेपाली कांग्रेसभित्र चर्को विवाद भएको थियो। बजेटमा बिचौलियाको प्रभाव, अनधिकृत योजनाहरू समावेश भएको र संस्थाहरूलाई तोकेर अनुदान वितरण गरिएको भन्दै सत्तारूढ कांग्रेस र नेकपा (एमाले) भित्र असन्तुष्टि बढेको थियो। यो विवादले सरकारको नेतृत्व परिवर्तनको मागलाई बल पुर्‍याएको छ।

पार्टी सभापति देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई बोलाएर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका थिए। बुधवार भएको छलफलमा देउवाले बानियाँलाई मुख्यमन्त्री बनाउन स्पष्ट निर्देशन दिएको एक मन्त्रीले बताएका छन्। त्यसको पर्सिपल्टै संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव आएको हो ।

पछिल्लो निर्वाचनको इतिहास
२०७९ पुस १३ मा भएको संसदीय दलको निर्वाचनमा लामाले बानियाँलाई ५ मतले पराजित गर्नुभएको थियो । त्यो बेला लामाले २१ र बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । तर, अहिलेको अंक गणित ठीक विपरित भएको छ ।

लामाको अडान
मुख्यमन्त्री लामा नेतृत्व हस्तान्तरण गर्न तयार नभएको र आफूले विश्वासको मत प्राप्त गर्न सक्ने दाबी गर्नुभएको छ । लामाको यो अडानले कांग्रेसभित्र अन्तरसंघर्षलाई थप जटिल बनाएको छ।

प्रदेश सभाको संरचना
बागमती प्रदेश सभामा ११० सांसद छन्, जसमध्ये नेपाली कांग्रेसका ३७, नेकपा ९एमाले० का २७, नेकपा ९माओवादी केन्द्र० का २२, राप्रपाका १३, नेकपा ९एकीकृत समाजवादी० का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका १ सांसद छन्। लामाले विश्वासको मत प्राप्त गर्न बहुमत ५६ सांसदको समर्थन आवश्यक पर्छ।

राजनीतिक परिदृश्य
बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा ९एमाले० को गठबन्धन सरकार छ। अविश्वास प्रस्तावले यो गठबन्धनलाई थप जटिल बनाउन सक्छ।

प्रमुख प्रतिपक्षको भूमिका
नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बजेटलाई लिएर सरकारको आलोचना गर्दै आउनुभएको छ । यद्यपि, अविश्वास प्रस्तावमा उहाँको भूमिका स्पष्ट भइसकेको छैन। कांग्रेसभित्रको यो अविश्वास प्रस्तावले बागमती प्रदेशमा राजनीतिक अस्थिरतालाई गहिरो बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय